दाङ । दाङको बेल्झुन्डीमा मोटरसाइकल सँग ठोक्किँदा हायस माइक्रोमा आगो लागेको छ । आइतबार राति करिब ९ बजेको समयमा दाङको बेल्झुन्डीमा हायसमा मोटरसाइकल ठोकिँदा आगलागी भएको स्थानीयले बताएका छन् ।
घटनामा ५ जना घाइते भएका छन् भने गाडी जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागी भएको निकै बेरसम्म पनि दमकल र घाइतेलाई उपचारका लागि लैजान एम्बुलेन्स नआएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । घटना बारे थप विवरण आउन बाकी छ ।






