काठमाडौं । सुनको भाउ साताको अन्तिम दिन शुक्रबार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा ६ रुपैयाँले बढेर १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि, बिहीबार सुन तोलाको १ लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजावी सुनको भाउ तोलाको १ लाख ४ सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ पनि प्रतितोलमा २५ रुपैयाँले बढेको छ । बिहीबार १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ४ सय निर्धारण भएको छ ।




