काठमाडौं । आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ । मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा ज्यान गएको हो । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
विभिन्न उद्योग व्यवसायमा असफलता पाएको, ऋण लागेको, सरकारले उद्योग व्यवसायलाई सहयोग नगरेको जस्ता कारणबाट आफू विचलित भएको सबै कथा उनले फेसबुकमा लेखेका छन् । एक पत्नी र दुई छोरी रहेको समेत उनले स्टाटसमा उल्लेख गरेका छन् ।
यस्तो छ उनको स्टाटस




