एक जना आफुलाई धर्मको ज्ञानी बताउने
उ भएको ठाउँमा आयो
आफ्नो झोले बोकेर
चातुर्यता देखाउन
उनीहरू तर्क थियो
भविष्य बताउन सक्ने
अनि उसले उ बिनाको आफ्नो भविष्य बताउन आग्रह गर्यो
धर्मको ज्ञानी चुप लागेर बस्यो
सकेनन भविष्य बताउन ।
उनीहरू चातुर्यता थियो
सोझो र नैतिक व्यक्तिलाई धर्मको विश्वाशमा बाँध्ने
अनि उसले बोल्यो
“तिमीहरू बाँधिने की नबाँधिने ?”
बाँधिन कोही तत्पर भएनन
उसले उनीहरूलाई बाल दिएन
किनकि उनीहरू शक्तिको पुजारी थिए
उ कर्म गर्ने शरीरको
कर्मठ हातहरुको
त्यसपछि भक्तजनको भीड लाग्यो
उसले हाजिरी लियो
आउने भक्तजनको
आफ्नो परिचय खुलाउनेले हाजिरी पाए
बाँकीको हाजिरी भएन ।
कसैले उसलाई बोल्यो
“तैँले भक्तजनलाई दुःख दिइस् ”
उसले जवाफ फर्कायो
“आफु नै सुख दिएर पुण्य कमाए भयो नि त ”
त्यसपछि उसले ईश्वरको भक्ति गर्यो
अनि सोध्यो
“प्रभु, बालको अर्थ के हो ?
तब ईश्वरले उसलाई भने
“आफ्नो उपस्थितिको महत्व देखाउनु ।”






