प्रवर्तक
कोही उसलाई नेता चिनाउनलाई आए
कोही उसलाई कर्मचारी चिनाउन आए
कोही परिस्थितिको सामना गराएर
योद्धा बनाउन आए
अनि जति आए
ती कसैले कहिल्यै पनि
कुनै जटिल परिस्थितिको सामना गरेनन
आफु नसिकी अरूलाई सिकाउन तम्तयार
त्यस्ता हुल देख्दा
उसले मतलब गरेन
किनकि गर्ने सबैले कर्म नै हो
नेताले पनि गर्ने कर्मनै हो
कर्मचारीले पनि गर्ने कर्म नै हो।
थोरै धार्मिक विषय वस्तु हालौं।
धर्म ग्रन्थ लेख्ने महात्मालाई
यो कुराको ज्ञान थियो कि
धार्मिक चेतना हुँदा
मानिसले भगवान खोज्न मन्दिर जाँदैनन
यसले भगवानको शासन सत्ता हल्लायो
अनि महात्मा पुन लेखे
समयको खेलमा
जब कलियुग आउँछ
तब धर्म लोप हुँदै जान्छ
अनि धर्म बचाउन
भगवानले अवतार लिन्छन
विष्णुका कल्कि अवतार सोही सिद्धान्तमा आधारित हुन ।
प्रसङ्ग पुन कर्ममा लगौँ
कर्ममा जब नैतिकता र सत्यता देखिन्छ
तब धर्मको आवश्यकता पर्दैन ।
उसले ईश्वरको भक्ति गर्यो
ईश्वर प्रकट भएर दर्शन दिए
अनि उसले ईश्वरलाई सोध्यो
“प्रभु धार्मिक कथामा भगवानमा नैतिकता देखिएन किन?”
ईश्वरले उसलाई हाँसेर जवाफ दिए
“धर्मको प्रवर्तक भएर,
भगवान मात्र होइन
आफ्नो कामको प्रवर्तक नेता र कर्मचारी पनि त्यस्तै हुन
र यो गुण
हरेक प्रवर्तकमा पाइन्छ ।”
योग्यता
उसलाई अयोग्य देख्न तत्पर
धार्मिक हुलेले
उसलाई प्राय सबै कुरामा अयोग्य देखायो
तर आफ्नो योग्यताको खुलाउन सकेनन
न त आफ्नो परिचय दिन सके।
त्यसरी आफ्नो परिचय नदिने भीड
रमाइलो गरेर समय बिताउन आएका थिए।
उ लेखक थियो
कोही उसलाई उसकै लेख रचनाको अर्थ बुझाउन आए
उ भन्दा बढी विज्ञ भएर ।
उसले हेरेर हाँसीदियो
किनकि त्यो हुलले
उसलाई अयोग्य देखाएर पनि
उसलाई छाड्न सकेनन
उसको त्याग गर्न सकेनन।
उसले ईश्वरको भक्ति गर्यो
अनि सोध्यो
“योग्यता के हो प्रभु?”
ईश्वरले जवाफ दिए
“कर्म गर्न चाहिने ज्ञान।”
उसले पुन प्रश्न सोध्यो
“त्याग गर्न किन कठिन हुन्छ प्रभु?”
ईश्वरले उसलाई हाँसर उत्तर दिए
“त्याग गरिने बस्तु-व्यक्ति सरह दोस्रो वस्तु- व्यक्ति नभेटेर ।”






