खिच्चा
नपढेका भीडले
उसले जे लेख्यो
जे खोज्यो
त्यसैमा उसलाई फुरक्याएर मक्ख पारे
अनि उसले दिएको सल्लाह
स्वीकारेनन
उसले बोलेको थियो
धेरै पुस्तक पढ
विभन्न लेखकले लेखेको पुस्तक पढ
उनीहरूले पढेनन।
धर्म, भाग्य र भविष्यको गफ छाड्न सिपालु
भक्तजनले उसलाई
नयाँ कुरा देखाउन सकेनन
उसको मस्तिष्कमा अवस्थित उसले
नसम्झिएका कुराहरु सुनाउन सकेनन
र आखिरमा हारे
एक मस्तिष्क सँग।
उसले बोल्यो
स्कुल पढ्दा
कुनै शिक्षकको छोरा छोरी जन्मिँदा
कक्षामा खिच्चा गरिन्थ्यो
सरले कडा काम गरेछन भनेर
अहिले उ
सम्झिन्छ ती दिन
अनि हेर्छ आफ्नो कक्षामा
जसमा उ
त्यतिबेला खुसी मनाएका शिक्षक गणको
छोरा छोरी देख्छ
अनि उ अहिले
तिनै विद्यार्थीको शिक्षक भएको छ ।
उसले धार्मिक भिडलाई सोध्यो
“मेरो मस्तिष्कमा नभएको कुरा देखाओ
अनि पत्याउँला
तिमीहरूको माया”
भिडले उसको सञ्चार हेरे
अनि फुर्ती लगाए भाग्यको
उसले भोलि सोध्यो
उनीहरू सँग उसको भोलि नहेरी भोलि भन्ने क्षमता थिएन
उनीहरूले आज हेरे पनि
भोली हेरे पनि
हिजो हेरे पनि
उसले बोल्यो
“हेरेर त जो पनि बोल्न सक्छ
नहेरी बोल, अनि पत्याउँला”
उसले अड्कल काट्यो
धार्मिक भिड निन्दा गर्न सुरु गर्नेछन
र बोल्यो
भाग्य हेर्न सक्ने क्षमता भएको भए
उ सँग प्रश्न सोध्ने थिएनन
उसको बारेमा बुझ्न खोज्न थिएनन।
उसको यस कुराको प्रतिउत्तर
भिड सँग थिएन ।
उसले ईश्वरको भक्ति गरेन
किनकि भिडको एक गुटले
दार्शनिक नेष्जे लाई भगवानको रूपमा स्वीकार्यो
र उ खुसी थियो
त्यो भीडले क्रमश रूपमा अन्य लेखक र दार्शनिकलाई पनि
भगवानको रूपमा स्वीकार्छ
जाे सँग दैविक शक्ती थिएन
जसले कर्म गरे
अनि नाम कमाए ।
एकादेशको कथा
धार्मिक भक्तजन
जो आफुलाई भगवान सम्म भन्न पनि भ्याउँथे
उनीहरूले बोले
उ सँग रिसाएर जानेछन
अनि फर्केर आउनेछैनन
बोलाउँदा पनि आउनेछैनन ।
उसले मतलब गरेन
र बोल्यो
“जसको लागि आयौ,
उसै सँग जाओ
म सँग नबस ”
उसले धार्मिक भक्तजनलाई
टाढा हुने बाटो खोलिदियो
अनि बोल्यो
“खै त भगवानले दुःख हरेर
आनन्द दिन सकेका
संसारको दुःख निवारण गर्न सकेका
ज्ञान दिन सकेका?”
भिड सँग उत्तर थिएन
त्यसैले उसले ईश्वरको भक्ति गरेन
किनकि ईश्वर पनि भगवान नै हुन
जो सँग मानव अनुभव छैन
न त छ कुनै अन्य प्राणीको अनुभव ।
अवतार सँग शक्ति थियो,
त्यसैले उसले अवतारलाई
मानिस भनेन,
अवतारले मानिसले गर्नु पर्ने कर्म गरे,
मृत्यु भयो
तर दैविक शक्तिले गर्दा
संसारको वास्तविकता बुझेनन
किनकि उनीहरू सँग
जन्मजात शक्ति थियो।
उसले बोल्यो
अन्य कुनै व्यक्ति खोज
आफ्नो एकादेशको कथा सुनाउन
किनकि संसारमा
न त धर्मको कमी छ
न त धार्मिक व्यक्तित्वमा ।
सुचना
मनको कुरा मनमै राख्नु पर्छ
भन्ने विचार बोकेका
धार्मिक भक्तजनलाई
उसले बोल्यो
“नसुनाओ तिमीहरू
आफ्नो समस्या
तथा आफ्नो मानसिकता बोकेर
अनि गर तपस्या ”
किनकि त्यहाँ उपस्थित सबैलाई
तप चाहिएको थियो ।
हल्ला गर्न पल्किएका उनीहरूको नारा थियो
“गलत सुचना सम्प्रेषण”
उसले मतलब गरेन।
निन्दा भयो भन्ने भक्तजनलाई
उसले बोल्यो
“जाओ निन्दा गर्न उक्कसाउने बा दण्ड दिन सुरु गरेर देखायो
अनि औँल्यायो
धार्मिक भिडका दुई व्यक्ति
जो रमाइलो मानिरहेका थिए निन्दामा”
उसले बोल्यो
“त्यसैले हिन्दु धर्ममा भगवान चरित्र लेखकले बनाइदिए
भगवानलाई स्वतन्त्र बनाएर”
उसले थप बोल्यो
“सक्छौ भने धर्मको मार्गमा चलेर देखाओ”
धार्मिक भक्तजन
जो अधर्म गर्न तल्लीन थिए
उनीहरूले बाटो पाए अधर्म गर्न
उसले बोल्यो
“असली भगवान खोजेर देखाओ”
भिडमा असली भगवानको खोजी भयो
उसले बोल्यो
“कलियुगमा भगवान आउँदैनन
अब सत्य युगलाई पर्ख
सत्य युगमा पनि भगवान नआउन सक्छन”
गलत सुचना सम्प्रेषण गर्ने
भक्तजनलाई उसले बोल्यो
“नयाँ व्यक्ति खोजेर सुनाउ
आफ्नो मनलाग्दो कहानी ”
उसले ईश्वरको भक्ति गर्यो
अनि सोध्यो
“हे ईश्वर, तिमी कलियुगमा किन आयौ?”
तब ईश्वरले बोले
“युग पनि लेखककै कमाल हो
युग भन्ने कालखण्ड हुँदैन
सदैब बगिरहने समय मात्र हुन्छ”
उसले प्रश्न गर्यो
“दोषी भगवान भए की लेखक?”
ईश्वरले प्रश्नको जवाफ दिएनन
त्यसैले उसले ईश्वरमा विश्वास गर्न छोड्यो ।






