लक्ष्मी
उनको बोली
उनको चाली
उनको आनी
उनको बानी
उनको रूप
उनको रङ्ग
उनको माधुर्यता
उनको समिपता
उनको हेराइ
उनको गराई
उनको चित्र
उनको चरित्र
उनको व्यवहार
उनको लज्जा
यति धेरै गुण एउटै केटीमा देखेपछि
कसले मन पराउँदैन हाेला र
आकाशे नीलो कपडामा बेरिएकि
उनी नर्स थिईन
मेरो हुन नसकेकी लक्ष्मी ।
सर्जन
कर्के नजर
ओइ होई……
मन्द मुस्कान
ओइ होई…..
अनि कान्तिमय मुहार
ओइ होई….
उसले उनको मुहार हेरीरह्यो
एक नाशले हेरिरह्यो
उनीले पनि हेरिन
एक नाशलेनै हेरिन
लभ पर्न सक्छ भनेर उ सतर्क भयो।
दोस्रो पल्ट देखादेख हुँदा
उनीले पुन हेरिन
एकै नाशले
उसले हेर्न किन छोड्थ्यो र
मज्जाले हेर्यो।
उनी पेशाले सर्जन थिइन
चिरफार गर्ने एक डाक्टर
उ भन्दा निकै बुजुर्ग
त्यसैले त उसले पनि
साहित्यमा चिरफार गर्यो
उनको लठ्याउने हेराईको
माया बस्न त उनको छड्के नजरको हेराई
मधुर बोलाई
र आँखाको भाकानै काफी थियो ।
आऊ प्रिय
मिलेर हामी मायाको चिरफार गरौं
ओइ..होई….






