काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउले फेरि नयाँ कीर्तिमान कायम गरेको छ । आज सुनको भाउ तोलमै १ हजार ५०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको आजको भाउ हालसम्मकै उच्च हो । यसअघि गत वैशाख २१ गते सुनको भाउले नयाँ उचाइ चुमेको थियो । त्यतिबेला छापावाल सुन १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
हिजो पनि सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको थियो ।
बजेट सुनको भन्सार दर बढाएको मूल्य बढेको महासंघले जनाएको छ । आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले १ हजार ३९५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो ।




