धनुषा । धनुषाको मिथिला नगरपालिकाले जग्गाको कित्ताकाट खुलाएको छ । जिल्लामा चौथो पालिकाका रुपमा मिथिला नगरपालिकाले आफ्नो पालिका क्षेत्रभित्रको जग्गाको कित्ताकाट खुलाएको हो ।
नगरपालिकाले भूउपयोग वर्गीकरण क्षेत्रको फाइल जनकपुरधामस्थित भूमिसुधार तथा मालपोत कार्यालयलाई हस्तान्तरण गरेसँगै जग्गाको कित्ताकाट खुलेको हो ।
लामो प्रयासपछि नगरपालिका क्षेत्रभित्रको कित्ताकाट खुलाउन सफल भएको मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले बताए । ‘अथक प्रयासपछि नगरपालिका क्षेत्रभित्र कित्ताकाट खुला भएको छ’ मेयर महतोले भने ।




