काठमाडौं । आज सुनको भाउ घटेको छ । प्रतितोला २ सय रुपैयाँले सुनको मूल्यमा गिरावट आएको सुनचाँदी महासंघले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार २००मा कारोबार भइरहेको छ । हिजो बुधबार पनि सुनको मूल्य प्रति तोला ६०० रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार यसको मूल्य प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँ पुगेको थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । हिजो प्रतितोला १ हजार ४६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।




