काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर छ । आइतबार तोलामा तीन सय रूपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला एक सय रूपैयाँले घटेको हो ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ४ सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने गएको बिहिबारयता स्थिर छ । चाँदीको मूल्य आज प्रतितोला १ हजार ४ सय २५ रूपैयाँ कायम रहेको छ ।




