काठमाडौं । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले टमाटरको बढ्दो मूल्य कम गर्न नेपालबाट आयात गर्न थालेको बताएकी छन् । भारतीय संसदमा आज बिहिबार टमाटरको अभाव र मूल्य बारे जवाफ दिँदै अर्थमन्त्री सीतारमणले नेपालबाट टमाटर आयात गर्न थालेको बताइन् ।
उत्तरी भारतका वाराणसी, लखनउ र कानपुर शहरहरूमा टमाटरको अभाव हुनुका साथै भाउ प्रतिकिलो दुई सय भारुसम्म पुगेको छ । खराब वर्षा, उच्च तापक्रम र बालीमा भाइरसको प्रकोप लगायतका कारण भारतमा टमाटर उत्पादनमा व्यापक कमी आएको छ ।




