रौतहट । रौतहटमा विद्युत ट्रान्सफरमर चोरी गर्न पोलमा जडान गरेको ट्रान्सफरमर निकाल्दै गर्दा पानीमा खसेपछि चारी हुनबाट जोगिएको छ । चोरहरुको समुहले शुक्रबार राति माधवनारायण नगरपालिका ६ माधोपुरमा रहेको ट्रान्सफरमर चोरी गर्ने प्रयास गरेका थिए ।
माधोपुर उत्तर्वारी टोलको राम जानकी मठदेखि बिसुन्पुर्वा मानपुर जाने सडकमा केही महिना अघि जडान गरिएको विद्युत ट्रान्सफरमर संचालन भने आएको थिएन । पानीमा खसेको ट्रान्सफरमर चोरहरुले निकाल्न नसकेकोले ट्रान्सफरमर चोरी हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।
चोरहरुले उक्त ट्रान्सफरमरको केही पार्ट्टपुर्जाहरु लगेका छन् । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गौरले केही महिना पहिले मात्र उक्त ट्रान्सफरमर जडान गरेको थियो । केहि समय यता रौतहटमा ट्रान्सफरमर चोरीको घटना बढेको छ ।




