काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षामा खटिएका एक प्रहरीको लेक लागेर मृत्यु भएको छ । अन्नपूर्ण बेसक्याम्पमा खटिएका प्रहरी सहायक निरीक्षक टीकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको हो ।
उनी गुटेरेसको सुरक्षाका लागि कात्तिक १२ गते अन्नपूर्ण आधार शिविर पुगेका थिए । अन्नपूर्ण आधार शिविरबाट मंगलबार फर्किएका असई ढुंगाना माछापुच्छ्रे गाउँपालिका ११ का वडाध्यक्षको घरमा बसेका थिए ।
बुधबार बिहान श्वासप्रस्वासमा समस्या आएपछि हेलिकप्टरमार्फत पोखरा ल्याइएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।




