काठमाडौं । भक्तपुरको कौशलटारमा चितुवा फेला परेको छ । चितुवालाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालय काठमाडौंका कर्मचारी खटिएका छन् । एक घरको बाउन्ड्री भित्र कुनामा लुकेको चितुवालाई डार्ट गरेर नियन्त्रणमा लिइँदै छ ।
वन अधिकृत अशोक पराजुलीका अनुसार चितुवा बयस्क छ । चितुवा फेला परेपछि डिभिजन वन कार्यालय भक्तपुरले डिभिजन वन कार्यालय काठमाडौंको टोलीलाई खबर गरेको थियो ।
त्यसपछि पराजुलीको नेतृत्वमा टोली परिचालित भएको हो । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार चितुवाको आक्रमणबाट दुई जना सामान्य घाइते भएका छन् ।




