दोलखा । दोलखामा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । शुक्रबार दिउँसो ३स्४० मा भीमेश्वर नगरपालिका ७ देउराली नजिकै बोलेरो दुर्घटना हुँदा मेलुङ गाउँपालिका ७ का सुजन मगरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार बोलेरोमा सवार १२ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ भने अन्यको चरिकोटमा उपचार भइरहेको छ ।
कालिञ्चोकबाट चरिकोट आउँदै गरेको बा २१ च ८२६८ नम्बर बोलेरो अनियन्त्रित भई बागमती प्रदेश ०२०४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सडकबाट ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।




