हेटौँडा । मकवानपुरमा सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । गएराति हेटौंडाको थानाभर्याङमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आइतबार राति १०:५० बजेको समयमा हेटौंडा ११ थानाभर्याङमा हेटौंडा बजारबाट नवलपुर तर्फ जाँदै गरको ना ६५ प ७०५५ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मोटरसाइकलमा सवार ३ जना मध्ये एक जनाको मृत्यु भएको र अन्य २ जना घाइते भएका हुन् । मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा ४ कमलडाडा बस्ने वर्ष २२ का महेन थापा मगर रहेका छन् । थापाको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।
त्यस्तै, मोटरसाइकलको बिचमा सवार हेटौंडा २ संगमचोक बस्ने वर्ष १८ की बेबिसा खड्गी र पछाडी सवार हेटौंडा ५ गर्दोइ बस्ने वर्ष १९ की बिनिता थापा घाइते भएका छन् ।
घाइते मध्ये खड्गीलाई थप उपचारको चितवनस्थिति नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको छ भने घाइते बिनिता थापाको हेटौंडा अस्पतालमा उपचार पछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।




