सिन्धुली । सिन्धुलीमा स्पिकर बजाउने क्रममा करेन्ट लागेर एक १५ वर्षीय किशोरको मृत्यु भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका ५ पुरानो झागाझोलीका १५ वर्षीय जस्बिन रानामगरको आफ्नै घरमा स्पिकर बजाउने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
स्पिकर बजाउने क्रममा विद्युत् सर्ट भइ करेन्ट लागेपछि उनी बेहोस भएका थिए । उपचारको लागि तत्कालै एम्बुलेन्सद्धारा आत्मीय अस्पताल खाल्टेमा लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिन्धुली लगिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




