काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका ३ स्थित लप्सीफेदीमा प्रहरी र स्थानीयबीच झडप भएको छ । शुक्रबार अपरान्ह स्थानीयले विद्युत प्राधिकरणले निर्माण गरिरहेको शव स्टेसनमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि झडप भएको थियो ।
स्थानीयको ढुंगामुढाबाट दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् । चार जना स्थानीयलाई प्रहरीले पक्राउ गरेको छ । शव स्टेसन निर्माणमा स्थानीयले अवरोध गर्दा त्यहाँ पटक पटक झडप हुँदै आएको छ ।




