काठमाडौं । कक्षा ११ मा अध्ययनरत छात्रा दृष्टि रिजाल उपचारको अभावमा अस्पतालमा छट्पटाई रहेकी छन् । कार्तिक २० गते राति अचानक टाउको दुख्यो भनी मुर्छा परेकी उनलाई बिर्तामोड स्थित बि एन्ड सि हस्पिटलमा भर्ना गरिएको थियो ।
ताप्लेजुङ जिल्ला पाथीभरा याङ्वारक वडा नम्बर ६ थुम्बेदिन साबिकको थुम्बेदिन ४ मिक्तेला र हाल झापा जिल्ला मेचिनगर नगरपालिका वडा नम्बर ११ चारआलि तेलिबारी बस्ने राम प्रसाद रिजाल कि नातिनी मोहन कुमार रिजालकी १५ वर्षकी जेठी छोरी उपचार अभावमा छट्पाइरहेकी हुन् ।
अहिले बालिकाको बाबुलाई छोरीको कसरी उपचार गर्ने भन्ने चिन्ताले सताइरहेको छ । ‘उपचार गराउन समस्या भइरहेको छ’, रुँदै उनले भने, ‘बिरामी छोरीको अवस्था पनि एकदम गम्भीर छ । डाक्टर हुन्छ त भन्नुभा’छ । तर, उपचार गराउन पनि समस्या भयो ।’
आफूसँग भएका र आफन्तले गरेको सहयोगबाट अप्रेसन त जेनतेनले भयो । अझै कति दिन राख्नुपर्ने हो टुंगो छैन । कति रकम खर्च लाग्ने भन्न सकिने अवस्थामा छैन । उपचार गराउन आर्थिक समस्या भएपछि उनले सहयोगको याचना गरेका छन् ।

कार्तिक २० गते हस्पिटलमा भर्ना गरिएको र टाउकोको नशा चुटिएर दिमागमा रगत फैलिएको पत्ता लागे पश्चात अहिले उपचार भइरहेको र धेरै खर्च भइसकेको र परिवारको आर्थिक अवस्थाले समेत नभ्याउने भएकाले उपचारको लागि आदरणीय सहयोगदाता, देश विदेशमा रहनु हुने सम्पुर्ण आमाबुबा, दाजुभाइ, दिदिबहिनीलाई सहयोगको लागि बुवा मोहन कुमार रिजालले अनुरोध गर्नुभएको छ ।
दृष्टिको उपचारमा सहयोग गर्न चाहने सहयोगी मनले मोहन कुमार रिजालको लक्ष्मी सनराइज बैंक ताप्लेजुङ फुङ्लिङ शाखामा रहेको खातामा रकम जम्मा गर्न सक्नुहुनेछ । लक्ष्मी सनराइज बैंकको ०७५२००४९५५५ मा रकम जम्मा गर्न सकिनेछ । साथै ९८१४९२४११४ मा इसेवा मार्फत समेत रकम पठाउन सकिने छ ।
त्यस्तै, रकम पारदर्शिताका लागि पठाए पश्चात मोहन रिजाल ९८१४९२४११४, देविप्रसाद रिजाल ९८१५०१५००१, नेत्र प्रसाद बुढाथोकी ९८१५९४६१०३, पुर्ण कुमार थेबे ९८०४९६१६१२, टेकेन्द्र रिजाल ९८११०५८७९८, सुदर्शन रिजाल ९८४४५४९६६२ र नगेन्द्र रिजाल ९८२४९५३५३८ लाई सम्पर्क गरि जानकारी गराउनु हुन अनुरोध गरिएको छ ।





