चितवन । चितवन भरतपुरको मिलनचोकस्थित मुख्य राजमार्गको पुलमुनि एक रहस्यमय घटना भएको छ । हात खुट्टा बाँधेको अवस्थामा बोराभित्र महिला र पुरुषको शव फेला परेको छ । दुवै शव छुट्टाछुट्टै बोराभित्र भेटिएको हो ।
आज दिउँसो करिब १ बजे उक्त शव फेला परेको प्रहरीले जनाएको छ । चितवन प्रहरीका डीएसपी विजयराज पण्डितका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ९ र १२ को सीमा क्षेत्रमा उक्त शव भेटिएको हो ।
मुख्य राजमार्गको सानो पुलमुनी फेला परेको शव अधबैंसे उमेरका रहेको अनुमान गरिएको छ । अनुहारमा घाउ चोट समेत देखिएकाले चिनिने अवस्था नभएको प्रत्यक्षदर्शीले बताएका छन् ।




