काठमाडौं । नगद झिक्ने क्रममा उपत्यकाका अधिकांश एटिएमहरूमा समस्या देखिएको छ । धेरै एटिएम ‘आउट अफ सर्भिस’ हुँदा सर्वसाधारणलाई सास्ती भएको छ ।
बैङ्कहरूले एटिएममा समयमा नगद नराख्दा तथा एटिएम मर्मत नगर्दा समयमा सर्वसाधारणले नगद झिक्न नपाएर सास्ती भोग्नुपर्ने अवस्था आएको छ । यस्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईँले घोषणा गरेको आन्दोलनको पूर्व सन्ध्यामा उपत्यकाको आधिकांश बैंकहरुको एटिएममा पैसा निकाल्न समस्या देखिएको छ ।
बुधबार साझँ बैंकबाट पैसा झिक्न जाने क्रममा अधिकांश जस्तो एटिएम कि त डाउन छन् कि त एटिएमबाट पैसा निस्किरहेका छैनन । जसले गर्दा सर्वसाधारणलाई असजिलो भएको छ भने अर्को तर्फ दुर्गा प्रसाईको आन्दोलनका कारण बैंकको एटिएम नचल्दा उनीहरु सशंकित भएका छन् ।
दुर्गा प्रसाईँले बैंकको विरुद्धमा पनि मागहरु उठाएका कारण बैंकहरुले एटिएम डाउन गरि आन्दोलनलाई अघोषित असहयोग गरेको हो कि यो संयोग मात्र हो भन्ने प्रश्न पनि उठेको छ । तपाइँको नजिक पनि समस्या छ भने कमेन्ट मार्फत जानकारी दिन सक्नुहुन्छ ।




