काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा बिहिबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहिबार १ बजेको समयमा जिल्ला मकवानपुरगढी २ धवाडी पुल स्थित भित्रि सडक खण्डमा सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खसेको थियो ।
दुर्घटनामा परेर २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार वर्ष ३४ की रुपा स्याङ्तान र ५ महिनाको शिशुको मृत्यु भएको छ ।
उनीहरूको घटनास्थलमा नै मृत्यु भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरगढी २ कुर्ले पाखा बस्ने वर्ष ३५ को भीमबहादुर स्याङ्तान घाइते भएका छन् ।
स्याङ्तानको टाउकोमा चोट लागेको छ भने उनको हेटौँडा अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको छ । मृत्यु भएकी रुपा मोटरसाइकल चालक स्याङ्तानकी श्रीमती हुन् भने ४ महिने शिशु उनीहरूको छोरी हुन् ।




