काठमाडौं । काठमाडौंको अत्तरखेलमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । सोमबार बिहान गोकर्णेश्वर नगरपालिका वडा नं. ८ अत्तरखेलमा यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् ।
तिब्र गतिमा अत्तरखेलबाट चावहिल गौशाला तर्फ गइरहेको बा ३ ख १२३६ नम्बरको बस अनियन्त्रित भई किराना पसलमा ठोक्किँदा २२ जना घाइते भएका छन् ।
घाइते मध्ये एक जना गर्भवती लगायत विद्यार्थीहरु रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुलाई नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ ।




