काठमाडौं । नेपाल प्रहरीका एक जना नायब निरिक्षक सई सुतिरहेकै अवस्थामा मृत फेला परेका छन् । सई बालकृष्ण उपाध्याय घिमिरे भक्तपुरको सुर्यविनायक नगरपालिकास्थित सिपाडोलमा रहेको घरमा मृत भेटिएका हुन् ।
बिहान मृत भेटिएपछि प्रहरीलाई खबर भएको थियो । ४४ वर्षीय घिमिरे प्रहरीको एक नम्बर गणमा कार्यरत थिए । घटना बारे थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।




