सर्लाही । सलार्हीको हरिवनमा डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी हुने भएको छ । माघ ०५ गतेदेखि ७ गतेसम्म दोस्रो डेरि, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी हुन लागेको हो ।

हरिवन नगरपालिका सर्लाही, प्रदेश दुध विकास बोर्ड मधेश प्रदेश र कृषि अनुसन्धान निर्देशनालय परवानीपुर बारा मधेश प्रदेशको आयोजनामा ‘कृषिमा यान्त्रिकरणको बृद्धि, दुग्ध जन्य एवम् कृषि उत्पादनमा नविन्तम प्रविधि’ भन्ने मूल नाराका साथ मधेश प्रदेशमा नै दोस्रो पटक प्रदर्शनी आयोजना हुन लागेको हो ।
प्रदर्शनीको अवलोकन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म गर्न सकिने छ । सुर्ती विकास मैदान, हरिवन ११ सर्लाहीमा प्रदर्शनी हुनेछ । प्रदर्शनीमा नि:शुल्क स्टल एवम् नि:शुल्क प्रवेशका साथै उत्कृष्ट किसानलाई पुरस्कृत समेत गरिने जनाइएको छ ।





