पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ३ नम्बर वडाका ४८१ जना जेष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तीहरुलाई जाडोबाट बच्नका लागि शुक्रबार कम्बल वितरण गरिएको छ ।
वडा कार्यालयले २८४ जना पुरुष र १९७ जना महिला गरि ४ सय ८१ जनालाई जाडोबाट बच्नका लागि कम्बल वितरण गरेको सुस्ता ३ का वडा अध्यक्ष हरिलाल दुषादले जानकारी दिए ।

दुषादका अनुसार ३ नम्बर वडा कार्यालयले कुडियामा जेष्ठ नागरिक र एकल महिलाहरू तथा अपांगता भएकालाई जाडोमा कम्बल वितरण गरिएको हो । वडाभित्रका ६५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरु, एकल महिलालाई जाडो मौसमसँगै न्यानो कपडा वितरण गरिएको दुषादले बताए ।
उनले भने ‘जेष्ठ नागरिकको स्वास्थ्यमा ध्यान दिदैँ एक/एक थान कम्बल वितरण गरिएको छ, जसले गर्दा जेष्ठ नागरिकलाई न्यानोको महसुस होस ।’ जेष्ठ नागरिकहरुका लागि आगामी वर्ष पनि विशेस कार्यक्रम सञ्चालन गरिने दुषादले बताए ।

गाउँमा जनप्रतिनिधि आएपछि जाडोमा न्यानोका लागि ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्न र उनीहरुको मनोबल उच्च राख्न कमल वितरण तथा सम्मान गरिएको वडा सदस्य सृजना चौधरीले बताइन् ।
कम्बल वितरण कार्यक्रममा वडा सदस्यहरु सलाबुदिन अन्सारी, अमर बहादुर क्षेत्री, शर्मिला दर्जी, सृजना चौधरी लगायतको उपस्थिती रहेको थियो ।




