काठमाडौं । पूर्वी नवपरासीको कावासोतीमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक महिला घाइते भएकी छन् ।
कावासोती नगरपालिका ८ खर्कट्टा जंगल स्थित पूर्व पश्चिम राजमार्गमा गएराति भएको दुर्घटनामा मोटरसाइकल चालक ४१ वर्षिय धनबहादुर सार्कीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाइते भएका सार्कीको उपचारका क्रममा मृत्यु भएको मध्यबिन्दु जिल्ला अस्पतालले जनाएको छ । मोटरसाइकलको पछाडि सवार २८ वर्षिया बिनु गुरुङको उपचार भइरहेको छ ।
पश्चिमबाट पूर्वतिर आउँदै गरेको बागमती कारले विपरित दिशामा रहेको मोटरसाइकललाई ठक्कर दिएको थियो । कार चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।




