काठमाडौं । हेटौंडामा भाइले आफ्नै सहोदर दाजुलाई पेट्रोल छर्केर आगो लगाएका छन् । शनिबार दिउँसो हेटौडा ४ चिल्ड्रेन पार्क गर्दोही बस्ने अन्दाजी ३२ वर्षका कुमार गिरीलाई उनको सहोदर भाइ २८ वर्षका रबि गिरीले पेट्रोल छर्की आगो लगाएका हुन् ।
मादक पदार्थ सेवन गरि विवाद गर्दा गिरीले आफ्नै दाजुको शरिरमा पेट्रोल छर्की आगो लगाएको मकवानपुर प्रहरीले जनाएको छ । आगोले जलेर गम्भीर घाइते गिरीलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा हेटौंडामा उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन रिफर गरिएको जनाइएको छ । आगो लगाउने रवि गिरीलाई वडा प्रहरीले नियन्त्रणमा लिएको छ ।




