मोरङ । मोरङको उर्लाबारीमा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । उर्लाबारी ६ मावा खोलाको पुलमुनि बस्दै आएका करिव ४० वर्षीय ग्याटिसे भनिने सन्तोष राईको बिहिबार बिहान मृत्यु भएको हो ।
राई लामो समयदेखि उर्लाबारी क्षेत्रमा प्लाष्टिकजन्य सामाग्री सङ्कलन गरी जीविकोपार्जन गर्दै आएका थिए । इलामको चुलाचुली घर बताउने राईका आफन्तहरू सम्पर्क आइनसकेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
पोष्टमार्टमपछि मात्र मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ । यस्तै घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




