मलेखु । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
काठमाडौंबाट तीर्थयात्री बोकेर चितवनतर्फ गइरहेको बस र विपरीत दिशाबाट आइरहेको ट्रक हिलटप मोडमा ठोक्किँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
घाइतेको मलेखुको राजमार्ग अस्पताल र मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेको विवरण भने आउन बाँकी छ । बसमा ३० जना तीर्थयात्री सवार थिए ।




