विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका ८ मा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपालटारबाट सदरमुकाम गाईघाट जाँदै गरेको प्रदेश १–०५–०१ क ००३५ नम्बरको ट्रकसँग को–२८ प ७०८६ मोटरसाइकल ठोक्किँएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक उदयुरगढी ६ का ३४ वर्षीय रत्नकुमार तामाङ र पछाडि सवार उनकी ३३ वर्षीया श्रीमती उर्मिला तामाङलाई घाइते भएका थिए । जिल्ला अस्पताल गाईघाटमा उपचारका क्रममा रत्नकुमारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनकी श्रीमतीको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक ४० वर्षीय विनोदकुमार चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।




