काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज ८ घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । रत्नपार्क वितरण केन्द्रको गैरीधारा फिडर अन्तर्गतका क्षेत्रमा ८ घण्टा विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
११ केभी लाइनमा रहेको नाङ्गो तार बदलेर इन्सुलेट भएको कन्डक्टर बदल्न लागिएकाले मंगलबार विहान ८ बजेदेखि ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । प्राधिकरणका अनुसार पूर्व राजदरबार उत्तर ढोका हुँदै धोवीचौर गैरीधारा, सनराइज बैंक हुँदै बालुवाटार चोकसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।
यस्तै, चिनियाँ एम्बेसी, नक्साल भुँडे गणेश अगाडि, नक्साल भाटभटनी अगाडि हुँदै विशालनगर चोकसम्म, हाडीगाउँ ओरालो, टैगाल फिडर भएको पोलसम्म पनि विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।




