बारा । बारामा वर्कशपमा विस्फोट हुँदा ज्यान गुमाउनेको संख्या तीन जना पुगेको छ । हिजो निजगढ नगरपालिका ७ शहीद चोकको वर्कशपमा विस्फोट हुँदा एक जनाको ज्यान गएकोमा आज थप दुई जनाको ज्यान गएको हो ।
आज भारत गवई घर भएका राकेश जयसवाल र पर्साको वीरगञ्ज महानगरपालिका ९ का रजतको उपचारका क्रममा ज्यान गएको हो । वर्कशपका सञ्चालक रेशम पुलामी मगरको हिजै ज्यान गएको थियो ।
लेथ ग्यास बेल्डिङ गर्दै गर्दा विस्फोट भएपछि उनीहरू घाइते भएका थिए । सिलिन्डर ग्यास विस्फोट भएको भनिएपनि अझै विस्फोट भएको वस्तु यकिन नभएको बाराका प्रहरीले जनाएको छ । विस्फोट गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।




