भक्तपुर । भक्तपुरको राधेराधेमा स्कुटरसहित एक जना पुरुषको शव फेला परेको छ । आज बिहान ६ बजे मध्यपुरथिमि नगरपालिक ९ राधेराधे स्थित हनुमन्ते खोलामा इलाम नगरपालिका ३ का स्थायी घर भइ हाल काठमाडौंको कोटेश्वर तीनकुने बस्ने वर्ष २६ का छत्र थापा मृत भेटिएका हुन् ।
थापासहित बा ८६ प ९७३० को स्कुटी पनि खोलामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । उनको शवलाई पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पताल पठाइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




