काठमाडौं । २१ वर्षीया युवतीले नक्कली विवाह एवम् प्रेम जालमा फसाई विवाह गर्ने आदि इत्यादी सम्झौताको लोभ देखाउँदै ठग्दै आएको रहस्य खुलेको छ । २१ वर्षीया युवतीले केहि वर्षदेखि पुरुषहरूलाई ठग्दै आएको खुलेको हो ।
आफ्नो जीवनका आवश्यकताहरू पूरा गर्ने उद्देश्यले पाल्पाकी एक युवतीले बुटवल क्षेत्र केन्द्रित रहेर ५ जना पुरुषबाट २० लाख ठगेको रहस्य खुलेको हो । ती युवतीले एकै पटक ५ जना पुरुषसँग डेटिङ गर्ने समेत गरेको पिडितहरूले बताएका छन् ।
युवतीले रूपन्देहीका २५ वर्षीय रवि बस्नेत, नवलपरासीका २३ वर्षीय विवेक मगर, कपिलवस्तुका २२ वर्षीय राज थापा मगर एवम् अन्य युवकहरुको रकम ठगेको खुलेको हो ।
युवतीले सम्पूर्ण पुरुषलाई आफ्नो प्रेम सच्चा भएको भन्दै मख्ख पारेर नक्कली सम्बन्ध कायम गर्दै आएकी थिइन् । उनले उनीहरूसँग सॉंचो प्रेममा रहनुका साथै विवाह गर्ने भन्दै तस्बिर खिचाउने गरेको र ती सबै पुरुषले उनलाई सधैँ श्रीमती भनेरै सम्बोधन गर्ने गरेको बुझिएको छ ।
युवतीले आफ्नो फन्दामा परेका पुरुषहरूसँग उनले परिवारका सदस्यहरूलाई मद्दत गर्नुपर्ने भन्दै पैसा माग्ने गरेकी थिइन् । आफ्नो पितालाई जापान पठाउन पैसा अपुग भएको भन्दै उनले पैसा माग्ने गरेकी थिइन् ।
पैसा माग्दा नदिए उनीहरूसँग सम्बन्ध टुंगाउॅंदै फेक फेसबुक आइडी बनाएर विभिन्न धम्की दिनुका साथै थप पैसा माग्ने गरेको नवलपरासीका २५ वर्षीय एक पीडित राजन थापाले बताए ।
यस्तै रूपन्देहीका २३ वर्षीय विवेक मगरले उनको आनीबानी देखेर शंका लागेर उनीसँगको सम्बन्धमा नरहने गरि सम्बन्ध टुंग्याएको बताए । पीडितहरूका अनुसार उनी अहिले बुटवलमा आफ्नो आमा र भाईसॅंग एउटा भाडाको घरमा बस्दै आएकी छन् । उनले अरुलाई भने आफू म्यानपावरमा काम गर्ने गरेको बताउँदै आएकी छन् ।




