विराटनगर । धनकुटाको साँगुरीगढी गाउँपालिका ७ मा मंगलबार साँझ दुई सवारी साधन आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना सिकिस्त घाइते भएका छन् ।
प्रहरीका अनुसार धरानबाट धनकुटा गइरहेको को १ च ३२८० नम्बरको भ्यान र विपरीत दिशाबाट गइरहेको को ३३ प ८३५७ नम्बरको मोटरसाइकल जुधेका थिए । दुर्घटनामा मोटरसाइकको पछाडि बसेका धनकुटा, साँगुरीगढी ६ का २५ वर्षीय विवश तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक स्थानीय २२ वर्षीय अभिषेक राई र भ्यान चालक २८ वर्षीय तुलबहादुर राई घाइते भएका छन् । घाइतेहरुको धरनस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




