काठमाडौं । नेपाल बैंक लिमिटेडमा नक्कली सुन धितो राखी ४ करोड बढी रकम ठगेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी जिल्लाको कन्चनरुप गाउँपालिका ८ घर भएका रामचन्द्र साहको छोरा वर्ष ४१ को टोकनाथ साह रहेको प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
टोकनाथले नेपाल बैंक लिमिटेडमा नक्कली सुन धितो राखी ४ करोड १४ लाख ८४ हजार कर्जा लिई उक्त कर्जा नतिरी फरार भएका थिए । उनलाई उच्च अदालत विराटनगरबाट ९८ लाख ८५ हजार ५ सय ६४ रुपैयाँ विगो र ३ वर्ष कैदको फैसला भएको थियो । साथै निजले लव वली समेत विभिन्न व्यक्तिहरुलाई अमेरिका पठाउने भनी एक करोड रुपैयाँ ठगेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
साहलाई फागुन २८ गते काठमाडौंको बौद्धस्थित हयात होटलबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




