काठमाडौं । नेपालगञ्जका मेयर धवल शमशेर राणाले लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनावलाई बहिष्कार गरेका छन् । आज ९ बजेदेखि मतदान सुरु भएका बेला उनले उपचुनाव आफ्नो प्राथमिकतामा नपरेको बताएका हुन् ।
उनले फेसबुक मार्फत भनेका छन्,“मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकाले कांग्रेस,एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु ।”






