काठमाडौं । प्रदेश १ मा कोरोना भाइरस (कोभिड-१९) का ६ सय ६३ जना नयाँ संक्रमित थप भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबार १ हजार ९ सय ८६ जनाको पीसीआर परीक्षणका क्रममा २ सय ६८ महिला र ३ सय ९५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
एकैदिन ७ सय ८१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार ३५८ महिला र ४२३ पुरुष मंगलबार कोरोना संक्रमणमुक्त भएका हुन् । मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३७ हजार ३ सय ४५ पुगेको छ ।
मोरङमा २ सय ७२, सुनसरीमा १ सय ८५, झापामा १ सय ३३, धनकुटामा २५, उदयपुरमा ७, इलाममा ६, ताप्लेजुङमा ३, सोलुखुम्वु, संखुवासभा, भोजपुर र खोटाङमा समान १ र प्रदेश १ बाहिरका २८ जना रहेका छन् ।
सुनसरीको धरानमा ७५, इटहरीमा ६३, इनरुवामा ९, दुहवी र बर्जुमा समान ७, बराहक्षेत्रमा ६, कोशी गाउँपालिका र गढीमा समान ३, रामधुनी र देवानगञ्जमा समान २, भोक्राहानरसिंह र हरिनगरमा समान १ र स्थानीय तह नखुलेका ६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ ।
हाल प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५८ हजार ७ सय ४२ पुगेको छ । जसमध्ये हाल सक्रिय संक्रमितको संख्या २० हजार ४ सय ९४ पुगेको छ । त्यसैगरी, गत २४ घण्टामा प्रदेशमा ४ महिला र ६ पुरुष गरी १० जना संक्रमितको उपचारका क्रममा ज्यान गएको छ ।






