इलाम । इलामको रोङ गाउँपालिका ३ कोल्बुङमा पानी बोकेको ट्यांकर सडकबाट पल्टिँदा एक बालकको मृत्यु भएको छ । मेची राजमार्गबाट मार्से जाने सडकमा दुर्घटना हुँदा १७ वर्षे बालकको मृत्यु भएको हो ।
पशुपतिनगर प्रहरीका अनुसार मे १ त २४०८ नम्बरको ट्यांकर दुर्घटना हुँदा इलाम नगरपालिका ४ का १७ वर्षिय रञ्जित लिम्बुको मृत्यु भएको हो । पशुपतिगर प्रहरीका अनुसार बालक लिम्बुको घटनास्थलमै मृत्यु भएको हो ।
इलाम नगरपालिका ४ नै घर भएका ट्यांकर चालक ३६ वर्षिय मनोज राई घाइते भएका छन् । उनको उपचार भइरहेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




