काठमाडौं । घुस रकमसहित कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष अजिर अलि मुसलमान पक्राउ परेका छन् ।
घर सडकको नक्सा पास गर्न सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनलाई पक्राउ गरेको हो ।
अख्तियारले घुस बापतको १५ हजार रकम पनि बरामद गरेको छ ।




