काठमाडौं । रात्रि बसले मोटरसाइकललाई ठक्कर दिँदा दाङको तुलसीपुरमा एक युवाको मृत्यु भएको छ । अर्का युवा गम्भीर घाइते भएका छन् ।
तुलसीपुरबाट काठमाडौं आउदै गरेको बसको ठक्करबाट मोटरसाइकल चालक घोराहीका २३ वर्षीय सौगात ओलीको मृत्यु भएको हो । मोटरसाइकलमा सवार अर्का ३५ वर्षिय शरद लामिछाने गम्भीर घाइते भएका हुन् ।
घोराही उपमहानगरपालिस्थित सिस्नेखोलाको ओरालोमा बसले मोटरसाइकललाई ठक्कर दिएको थियो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




