काठमाडौं । भोजपुरको आमचोक गाउँपालिका १० स्थितमा दूधकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो १ बजे आमचोक ६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राई दूधकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए ।
खबर पाएपछि इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । दुवै जना मृतकको शव पोष्टमार्टमका लागि धरानस्थित घोपा पठाइएको प्रहरीले जनाएको छ ।




