झापा । नक्कली सुन दिएर ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । नक्कली सुन ६० हजार रूपैयाँ लिएर दिएको अभियोगमा भारत सिलिगुडी बस्ने ५४ वर्षीय शेर बहादुर गिरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विर्तामोड नगरपालिका ५ शनिश्चरे रोडस्थित बुद्धशन्ति गाउँपालिका २ बस्ने ४५ वर्षीया महिलालाई गिरीले आफूसँग काँचो सुन छ, ६० हजारमा दिन्छु भनी ललाई फकाई महिलाको साथबाट उक्त नगद लिई नक्कली सुनको टिल दिई ठगी गरेका थिए ।
ठगी गरेको भन्ने खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले गिरीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




