विराटनगर । विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच आज बिहिबार पनि झडप भएको छ । झडपमा परेर डीएसपीसहित ७ जना प्रहरी घाइते भएका छन् । मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशी सहितका प्रहरी घाइते भएका हुन् ।
घाइते हुनेहरुमा प्रहरीमा वरिष्ठ सइ (वरिष्ठ प्रहरी नायव निरीक्षक) रुपेश थपलिया, असइ (प्रहरी सहायक निरीक्षक) कमल पौडेल, हवल्दार ममता चौधरी, सहायक हवल्दार सुशील खड्गा, रामकुमार विक र लक्ष्मण मण्डल रहेका छन् ।
घाइते प्रहरीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विराटनगरको रानी क्षेत्रमा दोहोरो झडप भएको हो । झडपमा घाइते भएका सबैको अवस्था सामान्य छ ।




