पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका छन् । जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । पाल्पाको निस्दी ३ खाँदरमा जीप दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ ।
शुक्रबार राति लु १ ज २५३५ नम्बरको जिप जन्ती लिएर निस्दी खाँदरबाट सहलकोटतर्फ जाने क्रममा सो दुर्घटना भएको हो । भित्री कच्ची सडकमा दुर्घटना हुँदा जीपमा सवार १७ जनामध्ये १० जना घाइते हुन पुगेका थिए ।
घाइतेहरूको उपचारका लागि रामपुर अस्पतालमा पठाइएको छ । जीपका चालक फरार रहेकाले खोजी कार्य जारी राखिएको छ ।




