पाल्पा । पाल्पामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको खुलेको छ । बालिका बलात्कार अभियोगमा रम्भा गाउँपालिका २ बस्ने ४८ वर्षीय अम्बरबहादुर सारूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सारूले ती बालिकालाई गत कात्तिक १३ गते पीडितकै घरमा जबरजस्ती करणी गरेको र सोही कारण बालिकाको पेटमा गर्भ रहन गएको भन्ने उजुरीको आधारमा प्रहरी चौकी हुँगीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




