काठमाडौं । काठमाडौंमा एक व्यक्ति श्रीमतीको हत्या गरेर आफैं प्रहरी कार्यालय पुगेका छन् । काठमाडौं महानगरपालिका ६, भूगोलडाँडा डेरा गरी बस्ने ३२ वर्षीया अनिसा परियारलाई कुटपिट गरी उनका श्रीमानले हत्या गरेको प्रहरीले जनाएको छ ।
ओखलढुंगा घर भएका सन्तोष परियार बुधबार बिहान श्रीमतीको हत्या गरेर आफैं प्रहरी कार्यालय पुगेका हुन् । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको भनी परियारले प्रहरी वृत्त बौद्धमा गएर जानकारी गराएका थिए ।
त्यसपश्चात उनलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।




