काठमाडौं । कपिलवस्तु जिल्लास्थित भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवाका नायब सुब्बा नरहरी खनाल घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले सेवाग्राहीसँग घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको हो ।
नासु खनालले जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस एवम् रिसवत माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले खनाललाई सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कर्मचारी आवासबाट नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।




